Breaking News

Radio Star

युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १७:४२

काठमाडौँ, १ जेठ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन युनेस्को तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आज चीनको बेइजिङ प्रस्थान गरेका छन् । कम्प्युटर विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ लाई यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ । यही मे १६ देखि १८ तारिखसम्म हुने सम्मेलनमा युनेस्कोका १६० सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय सङ्गठन र ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ उद्योगका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ का सीपबारे अनुभव आदानप्रदान हुनाका साथै यसलाई दिगो विकासको लक्ष्यअनुकूल शिक्षा र सिकाइमा उपयोगबारे छलफल हुनेछ । दिगो विकास लक्ष्यमा समतामूलक, समावेशी, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइको प्रवद्र्धनमा प्राथमिकता दिइएको छ ।रासस

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १७:४२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook

Archives