Breaking News

Radio Star

आज जेठ ३ गते दुई नेपाली फिल्म एक साथ प्रर्दशनमा आउदैछन् । मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘बीर विक्रम २’ र प्रदिप भट्टराईले निर्देशन गरेको फिल्म ‘जात्रै जात्रा’ बक्स अफिसमा प्रतिस्पर्धा हुँदैछ । दुवै आशा गरिएका फिल्म एक साथ प्रर्दशनमा आउँदा दुवै फिल्मलाई व्यापारिक सफलता हाँसिल गर्न चुनौति बढेको छ । चुनौतिको त आफ्नै ठाउँमा छ । साथै यी दुई फिल्ममा केहि रोचक संयोग पनि जुरेको छ ।

१. दुवै सिक्वेल
यी दुवै फिल्म हिट फिल्मको सिक्वेल हो । जात्रा र बीर विक्रमले बक्स अफिसमा व्यापारिक सफलता हाँसिल गरेका थिए ।

२. दुई वर्षा
यो दुवै फिल्ममा वर्षा नाम गरेका नायिका सोलो रुपमा प्रस्तुत भएका छन् । जात्रै जात्रामा वर्षा राउत र बीर विक्रम २ मा वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको छ । जात्रा वर्षा राउतकै मुख्य भुमिका थियो तर बीर विक्रमको पहिलो सिक्वेलमा दिया पुन थिइन । यसको सिक्वेलमा वर्षा सिवाकोटी जोडिन आएकी हुन् ।

३. दया उता पछी यता 
अभिनेता दयाहाङ राई पहिला बीर विक्रममा मुख्य भुमिकामा देखिएका थिए । तर यसको सिक्वेलमा दयाहाङ राई छैनन् । बीर विक्रम २ लागेकै मितिमा दयाहाङ जात्रै जात्रामा लाग्दैछन् । उनी जात्रामा थिएनन् । पुराना कलाकार दोहोरिदा दयाहाङ थपिएका हुन् ।

४. मित्रताको कथा 
दुवै फिल्मको कथा मित्रतासँग जोडिएको छ । बीर विक्रममा पल शाह र नाजिर हुसेनको मित्रतालाई देखाइएको छ भने जात्रै जात्रामा विपिन कार्की, रविन्द्र झा र रविन्द्र बानियाँको मित्रतालाई प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार ०६:५६

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook