Breaking News

Radio Star

युनाइटेड अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक एक सानो विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।  डीए–४२ नामक चार सिटे विमानमा दुई यात्रु र चालक र सहचालक थिए। विमानमा सवार चारै जनाको मृत्यु भएको छ। मृत्यु हुेनमा  तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएको यूएईका अधिकारीहरूले जनाएका छन्।  स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७ बजेर ३० मिनेटमा दुर्घटना भएको थियो।  सो दुर्घटनापछि अतिव्यस्त मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ४५ मिनेट बन्द भएको थियो। विमानस्थलतिर आएका विमानलाई अन्तै मोडिएको थियो भने उड्न लागेका विमानहरू ढिलो उडेका थिए। अमेरिकी इन्जिनियरिङ तथा एरोस्पेस कम्पनी हनीवेलले आफूले फ्लाइट क्यालिब्रेशन सर्भिसेजको सेवा लिएको र सो विमानलाई दुबईमा आफ्नो कामका लागि प्रयोग भएको बताएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार ११:३०

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook