Breaking News

Radio Star

प्रहरीको गोली प्रहारबाट घाईते विप्लव माओवादीका कार्यकर्ता तीर्थ घिमिरेको मृत्यु भएको छ । प्रहरीले गोली हानी भोजपुरबाट मंगलबार उनलाई पक्राउ गरेको थियो । उपचारका क्रममा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर १ का प्रहरी नायब महानिरिक्षक केदार रिजालले यसको पुष्टि गरेका हुन् । रिजालका अनुसार उनलाई दाहिने तिघ्रामा गोली लागेको थियो । उपचारका क्रममा मंगलबार राति उनको मृत्यु भएको हो । उनी षडानन्द नगरपालिका २ का बासिन्दा हुन् । घिमिरेलाई प्रहरीले मंगलबार अपरान्ह ट्याम्के मयुङ गाउँपालिका १ को घोत्रेखानी जंगलमा गोली हानी नियन्त्रणमा लिएको थियो । घोत्रेखानी जंगलमा विप्लव माओवादीको गतिविधि रहेको सूचनाको आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीलाई हतियार देखाएपछि उनीमाथि गोली चलाइएको थियो । उनको साथबाट एक थान पेस्तोल, पाँच राउण्ड गोली, बम बनाउन प्रयोग हुने डेटोनेटर चार वटा, २५ मिटर कर्ड, बाइनाकुलरलगायत बरामद भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार १०:१९

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook