Breaking News

Radio Star

संविधान निर्माणमा योगदान पुर्‍याएको भन्दै सरकारले २०६४ र २०७० का संविधानसभासदस्यहरूलाई गणतन्त्र दिवसको अवसरमा ‘संविधानसभा पदक’ प्रदान गर्ने भएको छ।  गणतन्त्र दिवस २०७६ को अवसरमा जेठ १६ गते राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदक प्रदान गर्ने भन्दै सबै तत्कालीन सबै सभासदलाई अनिवार्य उपस्थितिका लागि सार्वजनिक सूचना प्रकाशन गरेको छ। त्यस्तै राष्ट्रपति कार्यालयमा उपस्थित हुनका लागि आ–आफ्नो परिचयसहित जेठ नौ देखि १४ गते सम्म गृह मन्त्रालयको विभूषण शाखामा प्रवेशपत्र लिन सबैलाई आग्रह गरिएको छ।  प्रवेशपत्र लिएकालाई मात्रै शितलनिवासमा प्रवेश गराइने गृह मन्त्रलायले जनाएको छ।  गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले स‌ंविधान निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका संविधानसभा निर्वाचन २०६४ र २०७० का सभासदहरूलाई राष्ट्रपतिद्वारा विभूषित गरिने भएकाले यसै सूचनालाई आधार मानेर प्रवेशपत्र लिन आग्रह गरेका छन्।  सरकारले यो वर्ष गणतन्त्र दिवस तीन दिन (१४,१५र १६गते) भव्यरूपमा मनाउने निर्णय गरेको छ। यस्तै सञ्‍चार मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्फत गणतन्त्रको संस्थागत विकासका लागि विभिन्न सूचनामूलक सन्देशहरु, लोक कल्याणकारी विज्ञापनको रूपमा साताव्यापी प्रकाशन गर्ने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार १०:२८

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook