Breaking News

Radio Star

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्व संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकर्ताको हत्या गरेको आरोप समेत लगाएका छन् । प्रहरीले गिरफ्तार गरी आफ्ना कार्यकर्ताको हत्या गरेपछि बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै महासचिव विप्लवले केपी ओली नेतृत्वको सरकारलाई सामाजिक फाँसीवादी सरकारको संज्ञा दिएका छन् । सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरेलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेको भन्दै घोर आपत्ति जनाएका छन् ।  साथै सरकारको मनपरीविरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको भन्दै यही अवस्थामा आफ्नो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको पनि महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यस्तै विप्लवले ओली सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै तीर्थराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग समेत गरेका छन् ।

कार्यक्रमहरु
१० र ११ गते भण्डाफोर, कोणसभा
१२ गते देशव्यापी मसल जुलुस
१३ गते नेपा बन्द

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १५:१५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook