Breaking News

Radio Star

जाली नोट प्रकरणमा जेल सजाय कटाएर रिहा भएका युनुस अन्सारी पुनः नक्कली भारतीय रुपैयाँ  (भारु) नोटसहित पक्राउ परेका छन् । युनुसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दीप भण्डारीले युनुस पक्राउ परेको पुष्टि गरे । नक्कली भारतीय नोटसहित कतारको दोहाबाट काठमाडौं उत्रिएका ३ जना पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न पुगेको बेला युनुस पक्राउ परेका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले ठूलो परिमाणमा भारुसहित ६ जना पक्राउ परेको बताए । युनुस आफुसहित आफ्ना अन्य २ जना सहयोगी (नेपाली नागरिक) लिएर नक्कली नोट लिएर आएका पाकिस्तानी नागरिकलाई रिसिभ गर्न विमानस्थल पुगेका प्रहरी स्राेतले जानकारी दिएको छ । प्रहरीले अहिले बरामद भएको भारु नोटको मुचुल्का उठाउने काम भइरहेको जनाएको छ । प्रहरीका अनुसार करिब ५ करोड बढी भारुसहित ६ जना पक्राउ परेका हुन् । यद्यपि नोट गन्ने काम जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार १५:०५

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook