Breaking News

Radio Star

बलात्कार आरोपमा एकजना धर्मगुरु पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडले कन्काई नगरपालिकास्थित कोटीहोमबाट इलामको रोङ गाउँपालिका–३ का ४४ वर्षीय छत्रबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
बिर्तामोडका डिएसपी मोहनकुमार थापाका अनुसार धर्मगुरु गुरुङले आफूलाई ‘छत्रबहादुर गिरी’ भनेर ७ वर्षदेखि कोटीहोममा बस्दै आएका थिए । पहेँलो वस्त्र र लामा दाह्री पालेर साधुको भेषमा शिव मन्दिरमा बस्दै आएका उनले महिलालाई डर देखाउँदै बारम्बार बलात्कार गरेको आरोप छ ।

‘उजुरी आइतबार बेलुका परेको हो, हामीले उनलाई तत्कालै पक्राउ ग¥यौँ,’ डिएसपी थापाले भने, ‘सोमबार अदालतबाट ५ दिनको म्यान पनि थपिएको छ ।’ प्रहरीले उनलाई जबरजस्तीकरणीको मुद्दा चलाएको छ । प्रहरीका अनुसार ३१ वर्षकी महिला धर्मगुरुको शिष्य बन्नका लागि सहयोगीको रुपमा सेवा गर्दै सँगै हिँड्ने गर्थिन् । छत्रबहादुरले आफूलाई महन्त भन्ने गर्दथे । विभिन्न धार्मिक कार्यक्रममा जाँदा र कोटीहोममै पनि धर्मगुरुले आफूलाई बारम्बार बलात्कार गरेको पीडित महिलाले महिला अधिकारकर्मीलाई बताएकी थिइन् । त्यसपछि उनी प्रहरीसमक्ष पुगेकी हुन् । दुई सन्तानकी आमा रहेकी पीडित महिलाले पीडा सहन नसकेपछि महिला अधिकारमर्की बसन्तलक्ष्मी उदासलाई जानकारी गराएको बताइएको छ ।

छत्रबहादुरलाई गुरु मानेर केही वर्षयता उनी पनि कार्यक्रमहरुमा सँगै जाने गरेकी थिइन् । महिलाको सोमबार भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार १९:३७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook