२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, जेठ २१, २०७६ मा प्रकाशित

काठमाडौं, २१ जेठ – गृहमन्त्रालयले विभिन्न २६ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा र पदस्थापन गरेको छ । गृहले निकालेको सरुवा सूचीमा नुवाकोटका उद्धवबहादुर थापालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ । नुवाकोटमा द्रोण पोखरेललाई पठाइएको छ । त्यसैगरी सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितलाई तनहुँ पठाइएको छ । गोपालकुमार अधिकारीलाई तनहुँ पठाइएको छ । गृहले रुपन्देहीकामा उद्धवबहादुर रानामगरलाई काभ्रे सरुवा गरेको छ । कपिलवस्तुका अर्जुनप्रसाद पोखरेललाई रुपन्देही सरुवा गरिएको छ । गोरखाका गजेन्द्रबहादु श्रेष्ठलाई कपिलवस्तु पठाइएको छ भने विराट सन्देश सर्लाहीमा कृष्णबहादुर राउत गएका छन् । डोटीमा टेकनारायण पौडेल गएका छन्। सिन्धुलीमा जनार्दन गौतमको सरुवा भएको छ भने ध्रुवबहादुर खड्का उदयपुर पुगेका छन् । गृहले सहायक प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरेको छ । गृहले पर्वतमा कल्पना घिमिरे नेपाल, कास्कीका गुरुदत्त ढकाल, रुपन्देहीमा शम्भुप्रसाद रेग्मी र गोरखामा देवेन्द्र लामिछानेलाई पठाएको छ ।

मंगलबार, जेठ २१, २०७६ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]