२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, जेठ २३, २०७६ मा प्रकाशित

गर्मी शुरु भएसँगै लिचीको सिजन पनि शुरु भइसकेको छ ।  बजारका फलफूल पसल र ठेलाहरुमा पनि चिल्लीका झुप्पाहरु सजाउँदै व्यपारीहरु लिचीको व्यापारमा व्यस्त बन्न थालेको पाइन्छ । लिची सम्झिने वित्तिकै तपाईको मुखमा पानी रसाउँछ होला । लिची खान मन नपराउने व्यक्ति सायदै कम होलान् । गर्मी महिनामा पाहिने फलफूल मध्ये लिची पनि एक हो । लिची स्वादका लागि मात्रै होइन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । लिचीमा भिटामिन ए, सी र बी, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, आइरन लगायतका पोषण तत्वहरु पाइन्छ । लिची मानव स्वास्थ्यका लागि उत्तम फल हो । सही मात्रामा लिची खानुभयो भने यसले तपाईको स्वास्थ्यमा लाभ पुर्‍याउँछ ।

लिचीका फाइदाहरु यस्ता छन्

–तौल नियन्त्रण गर्न

–रोगसँग लड्ने क्षमता बढाउन

–गर्मीमा पानीको अभाव परीपूर्ती गर्न

–लिचीमा हुने क्याल्सियम, फस्फोरसले बालबालिकाको शारीरिक विकासमा सहयोग पुर्‍याउँछ,

–हरेक दिन लिची खाने बानीले शरीरमा अनावश्यक कोशिका उत्पादन हुन दिँदैन र क्यान्सर हुनबाट बच्न सकिन्छ,

–अल्सर, पेट फुल्ने, वान्ता हुने र झाडापखाला लाग्नबाट बचाउँछ ।

बिहिबार, जेठ २३, २०७६ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]