२९ आषाढ २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुर भीषण हावाहुरी आउँदा एकको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीका वर्ष २६ २७ का बीरबहादुर चौधरी रहेका छन् । बिहीबार साँझ ८ बजेतिर आएकाृ हावाहुरीमा परि कञ्चनपुरमा पुरुष ३, महिला ८, बालक ५ र बालिका ५ जना गरि जम्मा २१ घाइते भएको जिल्ला प्रहरी कार्यालय भामदत्तनगरका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो । यस्तै कैलाली आसपासमा जम्मा ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदिप गिरीले जानकारी दिए । एसपी गिरीका अनुसार रातको समय भएकाले अन्य क्षतिको विवरण भने आउन सकेको छैन । तर रुखहरु ढलेका छन् भने सयौं घरका छानाहरु उडाएको छ । घाइतेहरुको अहिले स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।

शुक्रबार, जेठ २४, २०७६ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]