Breaking News

Radio Star

भारतीय वायुसेनाको बेपत्ता एएन-३२ जहाजको केही भाग उद्धारकर्मीले फेला पारेका छन्। सर्च अपरेशनका क्रममा अरुणाचल प्रदेशको लिपोबाट १६ किलोमिटर उत्तरमा विमानको भग्नवाशेष भेटिएको हो। जहाजको बाँकी भागको खोजीका लागि उद्धारकर्मी जुटेका छन्। यो जहाज जुन ३ मा असमको जोरहाटबाट उडेको थियो। यस जहाजमा ८ चालक दलका सदस्यसहित १३ जना सवार थिए।  यो जहाज भेटिएको स्थान सियाङ्ग जिल्लाको पयुममा रहेको छ। वायुसेनाले जहाजको भग्नवाशेष बेपत्ता एएन-३२ मालवहाक विमानकै हो भन्‍ने एकिन गर्न बाँकी रहेको जनाएको छ।  करिब १२ हजार फुटको उचाईमा जहाजको भग्नवाशेष फेला परेको हो। एमआई-१७ हेलिकोप्टर अहिले खोजीमा जुटेको छ। खराब मौसमका बावजुद भारतीय वायुसेनाको मालवहाक विमान एएन-३२ को खोजी अभियान चलाइरहेको छ। गत बुधवार वायुसेनाले यस विमानको खोजीका लागि एसयु-३० जेट लडाकु विमान, सी १३० जे, एमआई १७ र एएलएच हेलिकप्टर लगाइएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार १७:१३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook