Breaking News

Radio Star

आईसीसी विश्वकप क्रिकेटमा भारत र पाकिस्तान आज भिड्दै छन् । म्यानचेस्टरमा हुने  खेललाई विश्वभरका क्रिकेट फ्यानहरुले निकै चासोका साथ हेरिएको छ । भारत र पाकिस्तान पहिलो पटक विश्वकपमा भने भिड्न लागेका होइनन् । तर अहिलेसम्म जारी विश्वकपमा ४ वटा खेलमा वर्षाले प्रभावित बनाइसकेकाले भारत र पाकिस्तानबीचको खेलमा पनि बर्षा वाधक बन्न सक्ने आंकलन गरिएको छ । त्यहाँको मौसम विभागले आइतबार विहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म पानी पर्ने आंकलन गरिएकाले खेल हुने या नहुने भन्नेमा आशंका भने कायमै छ ।भारतीय टिम विराट कोहलीको कप्तानीमा खेल्दा पाकिस्तानी टिम सर्फराज अहमदले कप्तानी गर्नेछन् । भारतका भरपर्दा ओपनर व्याट्सम्यान शिखर धवन नहुनु केही हदसम्म घाटा भने छ । भारत र पाकिस्तान विश्वकपमा अहिलेसम्म ६ पटक खेलेका छन् । जसमा हरेक पटक भारतले नै बाजी मारेको छ । तर २०१७ को आईसीसीले नै आयोजना गरेको च्याम्पियन्स ट्रफीको फाइनलमा भने पाकिस्तानले भारतलाई फाइनलमा पराजयका स्वाद चखाउँदै उपाधि जितेको थियो ।

सुरक्षाको जिम्मा सेनालाई ! 

भारत र पाकिस्तान क्रिकेटका चिरपरिचत प्रतिद्वन्द्वी हुन् । यी दुई टिम मात्रै मैदानमा हुँदैनन् साथ साथै समर्थकहरु पनि एक अर्काप्रति आक्रामक शव्दमा भिड्ने गरेकाले सबैभन्दा बढी महत्वको क्रिकेट हुने गरेको छ । त्यसैले भारत र पाकिस्तान खेल्ने मैदानको सुरक्षा देखि हरेक कुराहरु चुस्त बनाउन आईसीसीले विशेष पहल गर्ने गरेको छ । भारत र पाकिस्तानबीचको खेलको छुट्टै सुरक्षा तयारी गरिएको जनाइएको छ । आईसीसीका महाप्रबन्धक क्लेयर फर्लोगले सुरक्षा मजबुत पारिएको बताउँदै थप खुलेर बोल्न चाहेनन् ।

क्लेयरले सुरक्षाको बारेमा जानकारी दिन नसक्ने बताउँदै प्रहरी र सुरक्षा एजेन्सीलाई सुरक्षाको कुनै पनि कसर बाँकी नराख्ने गरि काम गर्न निर्देशन दिएको उल्लेख गरे ।

स्रोतको दावीलाई आधार मान्ने हो भने भारत र पाकिस्तानबीचको खेलका बेला सैनिक परिचालन गर्न सकिने छ । साथै प्रहरीले पेट्रोलिङको जिम्मा लिने छ । भारत र पाकिस्तानबीच विश्वकपमा यो सातौं खेल हो ।

भारतीय टिमका कप्तान विराट कोहलीले पाकिस्तानविरुद्धको खेलका बारेमा प्रतिक्रिया दिँदै यो एउटा खेल मात्रै भएको र जित्नका लागि मैदान उत्रने बताए । माहोलले भने आफूहरुलाई दबावमा राखेको भन्दै शत प्रतिशत क्रिकेट खेल्ने लक्ष्यका साथ भारतीय टिम मैदान उत्रने बताए । यस्तै पाकिस्तानी टिमका कप्तान सर्फराज अहमदले पनि भारतसँग पाकिस्तानले उत्कृष्ट क्रिकेट खेल्ने बताए ।

टिकटको मूल्य १० गुणा बढी !

भारत र पाकिस्तानबीच आइतबार हुने खेलका लागि विक्रिमा राखिएका टिकटहरु तोकेको मूल्य भन्दा १० गुणा बढी तिरेका छन् ।२४ हजार ५ सय दर्शक क्षमता रहेको म्यानचेस्टरको मैदानमा पाकिस्तान र भारतको खेल हेर्नका लागि जो कोही पनि लालायित छन् । जसका लागि टिकट खुल्ला भएको केहि समयमा नै विक्रि भएको थिए । बर्षाले प्रभावित हुनसक्ने बताइए पनि अनलाइनबाट खरिद गरेका ब्यक्तिहरुले वियागो वेबसाइटबाट टिकट किनेको मूल्य भन्दा निकै मनाफा खाएर विक्रि गरिरहेका छन् ।

शुक्रबार सो वेबसाइटमा गोल्ड लेवलको टिकट करीव चार लाख २० हजार भारतीय मूल्यमा विक्रि भएका छन ।
वियागो एउटा यस्तो वेबसाइट हो, जहाँ जसले पनि आफ्नो किसिमले टिकट विक्रि गर्न सक्छन । शुक्रबार साँझ यो बेबसाईटमा ५८ गोल्ड र ५१ प्लाटिनम श्रेणीका टिकटहरु बिक्रिमा राखिएका थिए । तर त्यो वेबसाइटले ती टिकटहरु कतिमा खरिद गरेको भनेर बताएको छैन । तर रिसेल गरेको टिकटको मुल्य भने उनीहरुले बताएका छन् ।

वेबसाइटका अनुसार ब्रन्ज र सिल्भर श्रेणीको टिकटहरु पुरै बिक्रि भइसकेका छन । आइसीसीले जनाएअनुसार प्लाटिनकको टिकटको सबैभन्दा महंगो मुल्य तीन सय डल अर्थात २१ हजार भारतीय रुपैयाँ हुन्छ । तर सो वेबसाइटमा यो श्रेणीको टिकटहरु एक लाख रुपैयाँमा खरिद गरेका छन् ।

वल्र्ड ट्राफोर्डमा दर्शकको क्षमताको ६६ दशमलव ६ प्रतिशत टिकट भारतीयहरुले किनेका छन् । बेलायती पत्रिका डेलिमेलका अनुसार पाकिस्तानी दर्शकको संख्या चार हजार सात सय ६ मात्र रहेको छ । इंग्ल्याण्डमा पाकिस्तान र भारतीयहरुका संख्या धेरै रहेको छ ।

धोनीका पाकिस्तानी समर्थक !

भारत र पाकिस्तानको खेल हेर्नका लागि पाकिस्तानका मोहम्मद बशीर ६ हजार किलोमिटरको यात्रा गरेर म्यानचेस्टर पुगिसकेका छन् । चाचा शिकागो नामले परिचित बशीर भारत र पाकिस्तानको खेल हेर्न जहाँपनि पुग्ने गर्छन ।

भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीका फ्यान रहेका बशीर पहिलो पटक २०११ मा भेट गरेका थिए । सो बेला धोनी भारतीय टिमको कप्तान थिए । सो बेला मोहालीमा भएको पाकिस्तानविरुद्धको खेलका लागि बशीरलाई विश्वकपको टिकट दिएका थिए । त्यसपछि बशीर भारत र पाकिस्तानको खेल हेर्न धोनीले उपलब्ध गराएको टिकट बोकेर जाने गरेका छन् । उनी स्टेडियममा आफ्नो देशका साथै धोनीको पनि समर्थन गर्ने गरेका छन ।

इंग्ल्याण्ड पुगेका ६३ बर्षे बशीरले भने, म यहाँ हिजोमात्र पुगेको हो, यहाँ आएपछि देखेकी मानिस एक टिकटका लागि ७०–८० हजार भारतीय रुपैयाँ तिरीरहेका छन् । जवकी यहाँबाट सिकागो फिर्ता जान यतिमा त टिकट नै आउछ । तर मलाई धोनीले यसपटकको विश्वकपका लागि पनि टिकट उपलब्ध गराएका छन् । टिकट किन्न मलाई संघर्ष गर्नु परेन ।

बशीरले यसपटक भारत र पाकिस्तानको टिकटका लागि धोनीलाई अगाडी नै म्यासेज गरेका थिए र धोनीले पनि मिलाउछु भनेर आश्वासन दिएका थिए । जसमा धोनीले आफुले बोलेको कुरालाई पुरा गरेका छन् । इंग्ल्याण्ड पुगेपछि बशीले सुरुवातमा पाकिस्तान टिम बसेको  होटेलमा पुगेका थिए । जहाँ उनले कप्तान सरफराज अहमद, मोहम्मद आमिर र हसन अली लगायतका खेलाडीलाई भेटेका थिए ।

त्यसपछि शुक्रबार राति उनी भारत बसेको होटेलमा पुगेका थिए । जहाँ उनले धोनीलाई भेट्ने मौका पाएका थिए । उनी भन्छन् भारतीय समर्थक निकै शान्त किसिमले खेल हेर्छन । क्रिकेट हेर्न आउँदा आउँदा भारतीय समर्थकहरु आफ्नो राम्रो साथी बनेको समेत बताए । (एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : १ असार २०७६, आईतवार ०९:०३

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook