Breaking News

Radio Star

प्रहरीले साइबर अपराध प्रकरणमा उजूरीकर्ता वीरविक्रम २ का निर्देशक मिलन चाम्स र आरोपी प्रनेश गौतम दुवैमाथि अनुसन्धान अगाडि बढाएको छ । चलचित्रलाई चर्चामा ल्याउन दुवैले घटनालाई कृत्तिम तरिकाले बढाएको हुनसक्नेतर्फ अनुसन्धान मोडिएको हो ।
प्रहरी स्रोतका अनुसार दुवैमाथि अनुसन्धान केन्द्रित छ । प्रनेश अझै प्रहरी हिरासतमा छन् । उनी छुटेको विषय बाहिर आएपनि हिरासतमुक्त भएका छैनन् । मिलन र प्रनेशले कृत्तिम तरिकाले घटनालाई चर्चामा ल्याएर फिल्मको मार्केटिङ गरेको हुनसक्ने प्रमाणहरु प्रहरीले फेला पार्दै गएको छ । चलचित्र विरविक्रम २ का निर्देशक मिलन चाम्स राई र समिक्षक समेत रहेका चलचित्रकर्मी प्रनेश गौतमले यो घटनाबाट चर्चा बटुलेका छन् । सामाजिक सञ्जालमा प्रनेशको समर्थनमा आवाज उठेपछि उनी चर्चामा पुगे । हलमा नपुग्दै मिलनको चलचित्र पनि चर्चा बटुल्न सफल भएको छ ।

के हो विवाद

चलचित्र वीरविक्रम–२ बन्दै गर्दा प्रनेशले प्रचार प्रसारको जिम्मा मागेको र आफूहरुले नदिएपछि बदनाम गर्दै हिंडेको आरोप मिलन चाम्सको थियो । चलचित्र बदनाम गर्ने गरी भिडियो समेत बनाएर नियोजित रुपमा डुबाउन लागिपरेको भन्दै साइबर क्राइमको उजूरी हाल्न पुगेका थिए चाम्स । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रनेशलाई नियन्त्रणमा लियो । चलचित्रको समिक्षालाई लिएर नियन्त्रणमा लिएको भन्दै सर्वत्र विरोध भयो । चाम्सले शक्तिको दुरुपयोग गरेको आरोप लाग्यो । विवाद यसरी चर्कियो कि चलचित्र वीरविक्रम–२ ले व्यापक प्रचारप्रसार पायो । प्रचासप्रसारको जिम्मा माग्ने प्रनेशले नपाएपनि उनैका कारण यति ठूलो चर्चा भयो ।

प्रकाशित मिति : १ असार २०७६, आईतवार १३:५२

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook