२९ आषाढ २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, आषाढ ०१, २०७६ मा प्रकाशित

लोक दोहोरी गायक रामप्रसाद खनालको पञ्चेबाजा विशेष गीत ‘दुलाह दुलही’ सार्वजनिक भएको छ। अमेरिकामा बस्दै आएका खनालले नेपाल आएर उक्त गीत निर्माण गरेका हुन्। लोक दोहोरी गीतको विकास र प्रदर्धनमा रहेका उनी अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्षसमेत हुन्। खनालले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्। गीतका शब्दसँगै स्वर पनि खनालको रहेको छ। उनलाई पूर्णकला बिसीले गायनमा साथ दिएकी छन्। थानेश्वर गौतमको संगीत रहेको गीतमा एरेन्जरको काम आशिश अबिरलले गरेका छन्। गीतको भिडियोमा अभिनयसमेत गरेका शंकर बिसीले कोरियोग्राफ गरेका छन्। भिडियोको निर्देशन भने बिसी र खनालले संयुक्त रूपमा गरेका हुन्। उक्त भिडियोमा करिश्मा ढकाल, किरण केसी र शिवहरी पौडेलको पनि अभिनय रहेको छ।

हेर्नुहोस् भिडियो:

आइतबार, आषाढ ०१, २०७६ मा प्रकाशित
भिडियो संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]