Breaking News

Radio Star

भारतको विहारमा तातो हावा (लु) बाट तीन दिनमा १३८ जनाको मृत्यु भएको छ। अस्पतालमा गर्मीले पीडित सयौँ बिरामी भर्ना भएका छन् । प्रान्तीय राजधानी पटनाको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ । अत्यधिक गर्मीका कारण गयामा धारा १४४ लागू गरिएको छ । उक्त नियमअन्तर्गत ४ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन प्रतिबन्ध लगाइएको छ । बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सरकारी, गैरसरकारी निर्माण कार्य लगायतका काम गर्न नपाइने भएको छ । स्थानीय समाचारमाध्यमले जनाए अनुसार सोमबार नालन्दामा ५ र औरंगाबादमा ४ जनको लुबाट ज्यान गएको छ । आइतबार मात्रै विहारमा ११४ जनाको ज्यान गएको थियो भने शनिबार ६१ जनाको मृत्यु भएको थियो । गर्मीका कारण ३ सय भन्दा बढी बिरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विहारमा सरकारले गर्मी प्रभावित जिल्लाहरुमा थप डाक्टर खटाउन शुरु गरेको छ । खानेपानीका ट्यांकर ठाउँठाउँमा पठाइएको छ । राज्यभरका विद्यालय बन्द गरिएका छन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार ०८:३७

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन

विराटनगर- ५, चादनी चोक

मोरङ, नेपाल

फोन नम्बर ०२१४६२८४३ 

मोबाईल- ९८४२०२०५४६, ९८६२०३७३४०

ईमेल-  [email protected]

हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. गोपाल पोखरेल- सह सम्पादक
४. सुशिला पाठक- कार्यकारी सम्पादक
५. धिरज दाहाल- समाचार संयोजक
६. सुशान्त रिजाल- प्रबन्ध निर्देशक
७. आशिष भट्टराई- निर्देशक

 

 

© 2019 Sakira Media Network Pvt. Ltd. | All Right Reserved.

Facebook