१२ आश्विन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, आषाढ ०७, २०७६ मा प्रकाशित

विराटनगर, ७ असार । नोवेल मिस नेवाः फाइनल आज शनिबार हुँदैछ ।
विराटनगरस्थित वीरेन्द्र सभागृहमा अपरान्ह ४ बजे सुरु हुने फाइनलमा पुगेका १२ जना युवतीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । मञ्जिना मुभिज प्रालिको आयोजनामा हुने फाइनल प्रतिस्पर्धाको मकालु टेलिभिजन र विएफएमलगायतले प्रत्यक्ष प्रशारण गर्नेछन् ।
नोवेल मेडिकल कलेज टाइटल स्पोन्सर रहेको प्रतियोगिताको मुख्य प्रायोजकका रमपम तयारी चाउचाउ र गुडलाइफ विस्कुट रहेका छन् । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रालिका सिईओ जतिन ताम्राकारले बताए । विराटनगर, इटहरी, धरान, दमकलगायतका स्थानमा भएको छनौट चरणबाट अन्तिम १२ मा पुगेका युवतीहरुलाई नेतृत्व विकासलगायतका विषयमा प्रशिक्षणसमेत दिइसकिएको छ । । विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए ।

शनिबार, आषाढ ०७, २०७६ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]