२३ साउन २०७७, शुक्रबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, आषाढ १६, २०७६ मा प्रकाशित

 इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार व्यहोरेको छ । आइतबार भएको खेलमा घरेलु टिम इंग्ल्याण्डसँग ३१ रनले पराजित भएको हो । बर्मिङघममा इंग्ल्याण्डले दिएको ३३८ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ६ रन मात्र बनाउन सक्यो । भारतका रोहित शर्माले शतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । रोहितले १०९ बलमा १५ चौकासहित १०२ रन बनाएका थिए । यस्तै कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै हार्दिक पाण्डयाले ४५, ऋषब पन्तले ३२ रन जोड्दा महेन्द्र सिंह धोनीले अविजित ४२ रन बनाए । यस्तै केदार जादब १२ रनमा अविजित रहे ।
भारतलाई सस्तैमा रोक्न इंग्ल्याण्डका लियाम प्लुन्केटले ३ तथा क्रिस वोक्सले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३७ रन बनाएको थियो । इंग्ल्याण्डको फराकिलो लक्ष्यमा जोनी बेयर्सटोले शतकीय इनिङ्स खेले । बेयर्सटोले १११ रन बनाएका थिए । यस्तै बेन स्टोक्सले ७९ रनको अर्धशतकीय इनिङ्स खेल्दा जासन रोयले ६६ रनको योगदान दिए । जोय रुटले ४४ तथा जोश बटलरले २० रन बनाए । भारतका मोहमद शामीले ५ विकेट लिए । यस्तै जस्प्रित बुम्राह र कुलदीप यादवले एक-एक विकेट लिएका थिए । भारतलाई हराएसंगै इंग्ल्याण्डले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ । इंग्ल्याण्डले ८ खेलबाट १० अंक जोडेको छ । इंग्ल्याण्ड तालिकाको चौंथो स्थानमा छ । भारतले ७ खेलबाट ११ अंक जोडेको छ ।

सोमबार, आषाढ १६, २०७६ मा प्रकाशित
खेलकुद संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]