०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, भाद्र १९, २०७६ मा प्रकाशित

विराटनगर, १८ भदौ । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा रविता माक्रा प्रथम भएकी छन् ।
कलेजमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजित प्रतियोगितामा ४१ जना प्रतिस्पर्धीलाई उछिन्दै माक्रा प्रथम भएकी हुन् । प्रतियोगितामा नारायण चौलागाईं द्वितीय, सुष्मा थापा र संगम घिमिरे तृतीय भए । त्यस्तै वीरेन्द्र विश्वकर्मा र रक्षा कर्णले सान्त्वना स्थान प्राप्त गरे । कवि एवं पत्रकार मीनकुमार नवोदित र कलेजका शिक्षक ऋतुराज रेग्मीको निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेको थियो । कार्यक्रममा कलेजको विज्ञान र व्यवस्थापन संकालयमा अध्ययनरत ४१ जना विद्यार्थीले समसामयिक विषयमा लेखेका कविता वाचन गरेका थिए ।
कलेजको अतिरिक्त क्रियाकलापअन्तर्गत कविता प्रतियोगिता आयोजना गरिएको विज्ञान संकायका कार्यक्रम संयोजक वसन्त बस्नेतले जानकारी दिए । अतिरिक्त क्रियाकलापअन्तर्गत हाजिरीजवाफ, वक्तृत्वकला, निबन्धलगायतका प्रतियोगिता पनि चाँडै नै गर्ने तयारी भएको प्रिन्सिपल ज्ञानु खड्काले बताए । कार्यक्रममा व्यवस्थापन संकायका संयोजक शंकर भट्टराई, कलेजका सञ्चालक भूपि दाहाललगायतले अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय हुन विद्यार्थीहरूलाई आग्रह गरे ।

बिहिबार, भाद्र १९, २०७६ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]