२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, आश्विन ०२, २०७६ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपालमा सबै नागरिकले संविधान दिवस मनाउने अवस्था नरहेको बताएका छन्। उनले राष्ट्रिय पर्वको रुपमा लिइने संविधान दिवस सबैले मनाउन पाउनुपर्ने माग गरे। बिहीवारको संसदमा बोल्दै उनले भने, ‘चार वर्ष बितिसक्यो। सबै नागरिकले उत्साहपूर्वक संविधान दिवस मनाउने अवसर नै आएन, परिस्थिति नै बन्दैन। के हो यो? आफ्नै हातले आफ्नै पीठ थपथपाउने? बडा राम्रो संबिधान बनाएको छु भन्ने?’ उनले थपे, ‘सभामुख महोदय, संबिधान दिवसको दिन दिपावली मनाउने रे, उर्दी जारी भएको छ सरकारको। हो? संबिधान दिवसको दिन दीपावली मनाइन्छ? देशभरी सबैले मनाउँछ त?’ सरकारले संविधान दिवस मनाउने अवस्थामा नरहेको उनले बताए।  उनले भने, ‘संबिधान दिवसको दिन दीपावली हुने होइन, ब्ल्याक आउट हुने हो। ७० प्रतिशत जनताले ब्लाक आउट गर्ने हो। देशको मधेशी, थारुले गर्छ।’ उनले सरकारले जनतालाई महत्व नदिएको आरोप लगाए। सरकारले नै संविधान दिवस नमनाएपछि सरकारमाथी बैधानिकताको प्रश्न उठ्ने उनले बताए। महतोले संविधान मूलुकको दस्ताबेज भएको भन्दै मजाक गर्नु नहुने बताए। संविधान सबैको लागि हुनुपर्ने उनको भनाइ थियो। उनले संविधान संशोधन गरेर सबैले मनाउने दिवस बनाउन पनि आग्रह गरे। महतोले लामो संघर्षबाट आएको संविधानको विरुद्धमा सरकारले नै काम गरिरहेको आरोप समेत लगाए। सरकार नै संघीयता कमजोर पार्ने काम गरेको उनको भनाइ छ।

बिहिबार, आश्विन ०२, २०७६ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]