२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, आश्विन ११, २०७६ मा प्रकाशित

इटहरी, ११ असोज । कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आइतबार इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।
साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कवि कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारीलगायतले ‘अनाम परिधि’ कथासंग्रहको विमोचन गरे । विमोचित कथासंग्रहका बारेमा समालोचक डा. रामजी तिम्सिनाले टिप्पणी गरेका थिए ।
विमोचनपछि विमर्शसमेत राखिएको थियो । कवि एवं पत्रकार विराट अनुपमले सहजीकरण गरेको विमर्शमा कथाकार शरण राई र समालोचक डा. इन्दिरा मिश्रले कथासंग्रहले आमनेपालीको भोगाइलाई सशक्त रुपमा उठान गरेको बताए । संग्रहमा २१ वटा कथा समावेश छन् । ताम्राकारको यसअघि तुषारापात, दृश्य परिदृश्य र संवेग कथासंग्रह प्रकाशित भइसकेका छन् ।

शनिबार, आश्विन ११, २०७६ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]