२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

शुक्रबार, आश्विन १७, २०७६ मा प्रकाशित

यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका निवर्तमान सभाुमख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । महराका प्रेस संयोजक डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षको नेतृत्वमा ११ जना प्रहरी खटाइएको थियो । महराले आफूले प्रयोग गर्दै आएको बा२झ १२६८ नम्बरको गाडी संसद सचिवालयको सवारी शाखालाई बुझाएका छन् । संसद सचिवालयमै कार्यरत एक महिलालाई दुर्व्यवहारको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए । पहिलो दिन महराले आफूलाई यौन दुर्व्यवहार गरेकाे भन्दै ती महिलाको भिडियो सार्वजनिक भएको थियो भने  २४ घण्टा नबित्दै उनले बोली फेर्दै महरा आफ्नो बाबु समान भएको बताउँदै मिडियामा आएकी थिइन ।

शुक्रबार, आश्विन १७, २०७६ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]