२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, आश्विन २०, २०७६ मा प्रकाशित

लोकप्रिय हिन्दी धारावाहिक टिभि सिरियल ‘तारक मेहताका उल्टा चश्मा’ मा दयाको चरित्रमा अभिनय गर्ने दिशा वकानीको पुनः प्रवेश हुने भएको छ ।  सिरियलमा जेठालालको पत्नीको भूमिकामा रहेकी दयाको पुनः प्रवेश कसरी गराउने भनेर निर्माताहरुले तयारी गरिसकेको समाचारमा जनाइएको छ ।  सिरियलमा प्रभावशाली अभिनय गर्ने दयाको पुनः प्रवेश भव्य बनाउन निर्माता पक्षले ठूलो तयारी गरिरहेका छन् ।  जेठालालको भूमिकामा रहेका दिलीप जोशीले दयाले साढे नौ वर्षसम्म आफ्नो भूमिकामा निकै राम्रो अभिनय गरेको बताए । उनको भूमिकामा अर्को व्यक्तिले न्याय गर्न नसक्ने धेरैको भनाई रहँदै आएको छ ।  उक्त सिरियलका निर्माता  असित कुमार मोदीले दिशाको विकल्पमा अर्को व्यक्ति आउने संभावनालाई इन्कार गरिसकेका छन् ।   दिशा वकानीले सन २०१५ मा मयूर पांड्यासँग विवाह गरेपछि अभिनय छोडेकी थिइन् ।

सोमबार, आश्विन २०, २०७६ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]