२३ साउन २०७७, शुक्रबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, आश्विन २२, २०७६ मा प्रकाशित

काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार या आइतबार नेपाल भ्रमणमा आउनसक्ने बुझिएको छ । उनी १२ अक्टोबरमा भारत भ्रमण पूरा गरी नेपाल भ्रमणमा आउने गरी सरकारको उच्च तहमा जानकारी मिलेको छ । भारतीय सञ्चारमाध्यमहरुले सी को भारत भ्रमणको औपचारिक मिति आज सार्वजनिक हुने उल्लेख गरेका छन् । जस अनुसार उनी शुक्रबार र शनिबार भारतमा रहनेछन् । शनिबार साँझ या आइतबार विहान सी नेपाल आउने बुझिएको छ । परराष्ट्र मन्त्रालयमा उनको सम्भावित भ्रमण मितिबारे जानकारी आइसकेको छ । तर, सुरक्षा संवेदनशीलताई दृष्टितगरी खुलाइएको छैन । सी केही घन्टाका लागि मात्र नेपाल रहनेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण भेटवार्ता गर्नेछन् ।  सी जिनपिङले नेपाल भ्रमण गरेमा दुई दशकपछि नेपाल भ्रमण गर्ने चिनियाँ राष्ट्रपति बन्नेछन् । चीनमा माओत्सेतुङ पछि सीलाई सर्वाधिक शक्तिशाली रुपमा स्थापित हुन सकेका युगका नेताका रुपमा लिइन्छ ।

बुधबार, आश्विन २२, २०७६ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]