२४ जेठ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, आश्विन २३, २०७६ मा प्रकाशित

आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुनेछ । मध्य र पहाडी क्षेत्रका साथै पूर्वका केहिस्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पश्चिमी पहाडी भुभाग आंशिकदेखि सामान्य वदलि र मध्य तथा पश्चिमी पहाडमा आंशिक बदलि र तराईका भुभागमा सामान्यतया सफा रहेको छ। पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा आंशिकदेखि सामान्य बदलि भई पुर्वि भु-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मितिः २०७६-०६-२ बिहान ६:०० बजे)

 

मौसम विश्लेषणMeteorological Analysis):

पश्चिम बंगालको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा आंशिक देखी सामान्य बदलि भई पुर्वि भु-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशभर समग्र मौसमको अवस्था )Present Weather Status):

हाल देशको पश्चिमी पहाडी भुभाग आंशिक देखि सामान्य वदलि र मध्य तथा पश्चिमी पहाडमा आंशिक बदलि र तराईका भुभागमा सामान्यतया सफा रहेको छ।

असोज २३ गते (बिहिबार) 

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि पुर्वका थोरै स्थानहरुमा साथै मध्य र पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती:  देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि साथै पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। पुर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २४ गते (शुक्रबार) 

दिउँसो: देशको पहाडी भुभागमा आंसिक देखि सामान्य बदलि रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

राती:  देशको पहाडी भुभागमा आंसिक बदलि रहि एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

असोज २५ गते (शनिबार) 

दिउँसो: देशको पहाडी भुभागमा आंसिक देखि सामान्य बदलि रहि पहाडका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। तराईका भुभागमा आंसिक बदली रहनेछ।

राती:  देशको पहाडी भुभागमा आंसिक बदलि रहने र तराईका भुभागमा सामान्यतया सफा रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

छैन

बिहिबार, आश्विन २३, २०७६ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]