२० जेठ २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, आश्विन २३, २०७६ मा प्रकाशित

विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज (बिहिबार) अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । अस्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अस्ट्रेलियासंग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो । अस्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ । नेपाल १ सय ६१ औ स्थानमा छ । युरोपेली क्लब फुटबलका शीर्ष डिभिजनको लिगमा अभ्यस्त खेलाडी सहित मैदान उत्रन लागेको घरेलु टोली अस्ट्रेलिया नेपालमाथि धेरै गोल गर्ने लक्ष्य राखेको छ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगतको दोस्रो चरणको छनोट खेल्न लागेको नेपाल अघिल्लो बर्ष रसियामा सम्पन्न विश्वकप फुटबल खेलेर २०२२ को विश्वकपमा सहभागी हुने लक्ष्यसहित मैदानमा छ । फिफा वरियताको ४४ औं स्थानमा रहेको अस्ट्रेलियाविरुद्ध नेपाली फुटबल टोली पनि आफ्नो परीक्षा सफल रुपमा सम्पन्न गर्ने लक्ष्यमा छ । नेपाली टोलीका कप्तान किरण चेमजोङले अस्ट्रेलियाविरुद्धको ९० मिनेटको समयमा सक्दो मेहनत गर्ने बताइसकेका छन् ।

बिहिबार, आश्विन २३, २०७६ मा प्रकाशित
खेलकुद संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]