२० जेठ २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, आश्विन २९, २०७६ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी छिन्।  राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्तको निमन्त्रणामा बुधबार म्यानमार प्रस्थान गरेकी हुन्।भण्डारी बुधबारदेखि कात्तिक ३ गतेसम्म म्यानमारमा रहने कार्यतालिका छ। भ्रमणका अवसरमा राष्ट्रपतिले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपतिले युनेस्कोको विश्व सम्पदा बगान र यंगोनको भ्रमण गर्ने कार्यक्रम छ। राष्ट्रपतिको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी रहेका छन्।

बुधबार, आश्विन २९, २०७६ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]