२३ साउन २०७७, शुक्रबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित

कोसी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ । बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पतालका चिकित्सक हुन भने छोरी अञ्जलीकुमारी न्यूरो अस्पतालकी नर्स हुन । घरबाट अफिस जाने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी राजकुमार खिइजूले जानकारी दिए । विराटनगरबाट इटहरी आउादैं गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ जादैं गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । उनीहरूको विराट नर्सिङ कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]