२३ साउन २०७७, शुक्रबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित

अटोमेटिक पेस्तोलसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले एक थान अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन र एक राउण्ड गोलीसहित कटहरी गाउँपालिका– २ का सुरज भनिने बिक्कीकुमार भगत र धनपालथान गाउँपालिका– ७ का मुकेशकुमार मण्डललाई पक्राउ गरेको हो ।  बिक्की शनिबार कटहरी– १ सिंघिया खोला पूर्व तर्फ रहेको चौरमा आयोजित मेलाबाट पक्राउ परेका थिए । २३ वर्षिय बिक्कीमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले २८ वर्षिय मुकेशलाई पक्राउ गरेको हो । मुकेश जीवन विकास समाज(लघुबित्त) उदयपुरको रामपुर ठोक्सिलामा फिल्ड सहायाकको रुपमा  कार्यरत छन् । बिक्की भने दुई वर्षयता विराटनगरको एक कपडा पसलमा काम गर्दै आएका छन् । पक्राउ परेका दुबैमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]