२२ साउन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित

उदयपुरका प्रदेश सांसद सञ्झा दनुवार र त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरी चढेको गाडी दुर्घटनामा परेको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ७ स्थित भुल्केमा सोमबार साँझ करिव ५ बजेको समयमा दुर्घटना हुँदा सांसद र उपमेयर सामान्य घाइते भएका छन् । त्रियुगा नगरपालिकाको स. १ झ ५३१ नम्बरको गाडी  विराटनगरमा भएको  एक कार्यक्रमबाट फक्र्दै गर्दा गाडी अनियन्त्रित भैई दुर्घटना भएको प्रहरीले जनाएको छ ।प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भई रहेको छ  । चालक योगेश चौधरीका अनुसार चौदण्डीगढी नगरपालिका ७ भुल्के स्थित मोडमा साइकललाई बचाउँन खोज्दा कार सडक भन्दा तल खसेको बताए । उनका अनुसार कारमा सामान्य क्षति पुगेको बताए ।

सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]