२२ साउन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, मंसिर १९, २०७६ मा प्रकाशित

झापा, १९ मंसिर । वरिष्ठ समाजसेवी एवम् उद्योगपछि दीनबन्धु गोयलले २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा झापाको भद्रपुरमा कम्बल र ह्विलचियर वितरण गरेका छन् ।
भद्रपुरको गिरि चोकमा बिहीबार आयोजित कार्यक्रममा समाजसेवी गोयलले २० थान कम्बल र २ थान ह्विल चियर वितरण गरेका हुन् । कार्यक्रममा गोयलले आफ्नो कर्मभूमि विराटनगर भए पनि जन्मभूमि भद्रपुरप्रति उत्तिकै स्नेह रहेको उल्लेख गर्दै आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका स्मृतिमा झापामा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको जानकारी दिए । स्वर्गीय गोयल झापा उद्योग वाणिज्य संघका अध्यक्ष थिए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले गोयलका जस्तै सहयोगी हातहरू सबैका हुने हो भने समाजमा सुख, शान्ति र मेलमिलापको वातावरण आउन कुनै समय नलाग्ने बताए । नेपाल नेत्रहीन संघका उपाध्यक्ष द्रोण निरौलाका सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

बिहिबार, मंसिर १९, २०७६ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]