२२ साउन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शुक्रबार, मंसिर २०, २०७६ मा प्रकाशित

विराटनगर, २० मंसिर ।कटहरीकी ३४ वर्षीया मोरङको कटहरी गाउँपालिकाकी एक महिला सप्तकोसी नदीमा बेपत्ता भएकी छन् । कटहरी गाउँपालिका वडा नम्बर ४ चम्डाइचोककी ३४ वर्षीया सविता भण्डारी कोइराला नदीमा नुहाउने क्रममा बेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । परिवारका अनुसार बुधबार बिहानै बराहक्षेत्रमा दर्शन गर्न भनेर घरबाट निस्किएकी थिइन् । दर्शन गर्नुभन्दा अगाडि नदीमा नुहाउन गएकी थिइन् उनी ।
उनले लगाएका लुगा, चप्पल र पूजाका सामग्री नदीको किनारमा भेटिएको सविताका नन्दज्वाइँ नवराज काफ्लेले जानकारी दिए । युवा अभियानकर्मीसमेत रहेका काफ्लेका अनुसार प्रहरी, स्थानीय र आफन्तले खोज्दा पनि हालसम्म सवितालाई फेला पारेका छैनन् ।

शुक्रबार, मंसिर २०, २०७६ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]