२२ साउन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, मंसिर २१, २०७६ मा प्रकाशित

विराटनगर, २१ मंसिर । आरोहण गुरुकुल विराटनगरले सुरु गरेको काव्यारोहणको दोस्रो शृंखलामा वरिष्ठ कवि तुलसी दिवस उपस्थित हुने भएका छन् । यसपटकको शृंखला पुस ५ गते हुनेछ ।
हरेक महिनाको पहिलो शनिबार आयोजना हुने काव्यारोहणमा यसअघि आयामेली कवि बैरागी काइँला प्रस्तुत भइसकेका छन् । अग्रजहरुको सम्मानस्वरुप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताए । हाटखोलास्थित गुरुकुलको सुशीला कोइराला नाटकघरमा कार्यक्रम हुनेछ ।
कार्यक्रममा दिवसले करिब एक दर्जन कविता सुनाउनेछन् । सशुल्क हुने कार्यक्रममा विराटनगरसहित झापा, सुनसरी, इलाम, पाँचथर, धनकुटालगायतका साहित्यकारहरुको बाक्लो उपस्थिति हुने अर्का संयोजक रमेशचन्द्र अधिकारीको भनाइ छ । कवि सुनाउनकै लागि आधा विश्वभन्दा बढी घुमिसकेका दिवस संस्कृतिविद्समेत हुन् । उनको कविता वाचनशैली र आवाजलाई धेरैले मन पराउने गरेका छन् ।

शनिबार, मंसिर २१, २०७६ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]