१२ आश्विन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, पौष २९, २०७६ मा प्रकाशित

ईटहरीका तीन जना युवाहरु मिलेर गत बैशाखमा सुरु गरेका ‘द इट्एरी किचन’ अहिले ईटहरीमा निकै चर्चित छ । कार्यालयमा काम गर्दै गर्दा होस् वा घरमै बस्दा आफुलाई मनपर्ने खाना ‘द इट्एरी किचन’ मार्फत सजिलै अर्डर गर्न सकिने छ । आफ्नै भान्सामा खाना बन्ने भएकाले अहिले ईटहरीबासीले ‘द इट्एरी किचन’लाई रुचाएका छन् । फोन मार्फत र फेसबूक मार्फत अर्डर लिने गरेको ‘द इट्एरी किचन’ ले अर्डर गरेको ४० देखि ४५ मिनेटमै डेलिभरी दिने गरेको छ । हाल बिहान १०:०० बजे देखि राती ७:०० बजेसम्म अर्डर लिने  किचनले दैनिक औसतमा १०० वटासम्म अर्डरहरु लिने गरेको छ। गर्मी महिनामा राती ८ बजे सम्म सेवा दिदै आएको  इट्एरी किचनले सधैं ताजा र स्वास्थ्य खानेकुरालाई प्राथमिकतामा राखेको सञ्चालक अभिषेक शर्माले बताए । ईटहरी वरिपरिका स्थानहरुमा निःशुल्क खाजा डेलिभर गर्ने गरेको ‘द इट्एरी किचन’ तीन जना युवाको करिब आठ लाखको लगानिमा सञ्चालन भएको हो । इटहरी–४ का अभिषेक शर्मा, सन्दीप खतिवडा र निरोज खरेलको संयुक्त लगानी र प्रयासमा सुरु भएको किचन एक वर्ष नबित्दै अहिले ईटहरीमा निकै लोकप्रिय बन्दै गएको छ । मःम, बिर्यानी र ईण्डियन करिहरु बढी रुचाइने परिकारहरु भएको सञ्चालक शर्माले जानकारी दिए । द इट्एरी किचनको फोन नम्बर ०२५-५८००९९ वा फेसबूकमा सिधै मेसेज गरेर अर्डर दिन सकिने शर्माले बताए ।

मंगलबार, पौष २९, २०७६ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]