०४ जेठ २०७८, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, चैत्र २६, २०७६ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक प्रभावित हुने भएको छ । विद्यालयबाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिकालाई कक्षा कोठामा ल्याउन विद्यार्थी भर्ना अभियान सञ्चालन गरिँदै आएको थियो । यस पटक वैशाख २ देखि १५ सम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने सरकारी योजना थियो । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले कोरोना सङ्क्रमणका कारण यस वर्षको विद्यार्थी भर्ना अभियान प्रभावित हुने बताए । गोरखापत्र दैनिकमा समाचार छ ।

बुधबार, चैत्र २६, २०७६ मा प्रकाशित
शिक्षा संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]