२७ साउन २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

विराटनगर, ७ वैशाख ।

विराटनगर महानगरभित्र भएका मस्जिदहरूमा अनुगमन सुरु गरिएको छ ।  विराटनगर महानगरका मेयर भीम पराजुलीले मुस्लिम समुदायका अगुवाहरूसँगको समन्वयमा अनुगमन गरेका हुन् ।

शनिबार भएको अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख विश्व अधिकारी, कांग्रेस केन्द्रीय सदस्य तथा मुस्लिम अगुवा हसन अन्सारी, वडा नम्बर १५ का वडाध्यक्ष असलम आलमलगायतको सहभागिता रहेको थियो । मुस्लिम समुदायको अवस्था अध्ययन गर्न आग्रह भएबमोजिम मस्जिदमा अनुगमन गरिएको मेयर पराजुलीले जानकारी दिए । धार्मिक सद्भाव कायम राख्दै कोरोना भाइरसविरुद्ध लड्न आवश्यक भएको पराजुलीले बताए ।
विराटनगरस्थित वडा नम्बर १५ मा रहेको रानी मरकज जामे मस्जिदमा शनिबार अनुगमन गरिएको छ । मस्जिदमा बाहिरबाट आएका कुनै पनि नयाँ आगन्तुकहरू नरहेको विराटनगर महानगरका सामाजिक महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए । जनगुनासोलाई सम्बोधन गर्न आवश्यक भएको भन्दै मुस्लिम अगुवाहरूले वास्तविकता बुझेर मात्र सूचना प्रवाह गर्न आग्रह गरेका छन् । कांग्रेस नेता तथा मुस्लिम अगुवा हसन अन्सारीले मुस्लिम समुदायमाथि सामाजिक सन्जालमा भइरहेका गतिविधि प्रति असन्तुष्टि व्यक्त गरे । उनले विराटनगरका मुस्लिम समाज सचेत भएकाले यसखाले दुर्घटना नहुनेमा आशावादी रहेको बताए । धार्मिक सद्भाव कायम राख्ने कुरामा सचेतता अपनाउन पनि उनले आग्रह गरे । यस्तै विराटनगर–१५ का वडाध्यक्ष असलम आलमले कोही पाउना बसेको भए तत्काल प्रहरीलाई खबर गर्न र लकडाउनको पालना गर्न आग्रह गरे । भारतबाट कोही जमातीहरू आएका छन् भने वडा कार्यालय या प्रहरीलाई फोन गर्नसमेत उनले आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले अनुगमनका क्रममा मुस्लिम अगुवा तथा धर्मगुरुहरू सचेत भएको र सहयोगी भूमिका खेलेको बताए । उनले मोरङका मस्जिदहरूमा अहिलेसम्म अवस्था सामान्य रहेको जानकारी दिए । स्थानीय पालिकामार्फत विवरण संकलन गर्ने काम भइरहेको भन्दै उनले सबैमा सहयोगी भूमिका खेल्दिनसमेत आग्रह गरे । विराटनगर महानगरका १९ वटा वडा मध्ये ९ वटा वडामा मात्रै २५ वटा मस्जिद रहेको बताइएको छ ।

आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]