२६ साउन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

विराटनगर, ७ वैशाख । नेपाल तरुण मोरङले विराटनगरस्थित कोशी अस्पतालका बिरामी, आफन्त र कर्मचारीहरूलाई खाना खुवाएको छ ।
तरुण दलले विगत १४ दिनदेखि उनीहरूलाई खाना खुवाएको हो । तरुण दलमा आबद्ध युवाहरूले आफू–आफू रकम संकलन गरेर अस्पतालमा उपचारत बिरामी, कुरुवा, चिकित्सक, नर्स र कर्मचारीहरूलाई प्याकिङ खाना खुवाइरहेको तरुण दल विराटनगरका सभापति सन्तोष न्यौपानेले जानकारी दिए । नयाँ वर्षका अवसरमा वैशाख १ गते खिरसमेत खुवाएको उनले बताए । नेपाल तरुण दल अध्यक्ष सञ्जय थापा, प्रदेश सांसद विन्दिया कार्की, नेपाली कांग्रेस नगर समितिका उपाध्यक्ष प्रविन जोशी, नेविसंघ नेता देचन्द्र घिमिरे, नेपाल तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल, पंकज वर्मा, दिपेन रौनियारलगायतले हरेक दिन खटिने गरेका छन् । लकडाउनका कारण समस्यामा परेकाहरूलाई खानाको व्यवस्था मिलाइएको न्यौपानेले बताए । .

आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]