२७ साउन २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

मोरङ, ७ वैशाख । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले मोरङको क्षेत्र नं. ३ का गरिब, विपन्न सर्वसाधरणलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएका छन् ।
नेता शर्माले सो क्षेत्रका बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी र सुन्दरहरैंचाका विपन्न बिरामीहरूलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने भएका हुन् । आफ्नो गाउँ र आफूले चुनावमा प्रतिस्पर्धा गरेको क्षेत्रका गरिब, विपन्नहरूलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन लागिएको डा. शर्माले जानकारी दिए । ‘पैसा नहुने गरिब, विपन्न र सुकुम्बासीहरूलाई सहज होस् भनेर निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइएको हो,’ डा.शर्माले भने, ‘स्थानीय प्रतिनिधिहरूको सिफारिसमा विपन्नलाई निःशुल्क सेवा दिन्छौ ।’
विपन्न बाहेक नोबेल अस्पतालमा उपचारका लागि आउने सो क्षेत्रका अन्य बिरामीहरूले पनि एम्बुलेन्समा तोकिएको शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । क्षेत्र नं. २ मा पर्ने रतुवामाई नगरबासीलाई पनि सेवा उपलब्ध गराइनेछ । कांग्रेस महासमिति सदस्यसमेत रहेका नेता शर्माले गाउँ–गाउँमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएपछि सो क्षेत्रका बिरामीहरूलाई सहजता मिल्ने भएको छ ।

आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]