२७ साउन २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित

विराटनगर महानगरपालिकाले विराटनगरमा लकडाउनले समस्या भएका विद्यार्थी तथा अन्यलाई आफ्नो गन्तव्यमा पुर्याउन आज गाडीमा हालेर पठाएको  छ । महानगरपालिकाले आज विराटनगरबाट धनुषा, सिरहा, सप्तरी, इलाम र झापा जान इच्छुक सम्बन्धित वडामा नाम लेखाएका नागरिकलाई विहान विराटनगर बसपार्कबाट आफ्नो गन्तव्यमा पुर्याएको छ । विराटनगरबाट बिद्यार्थी तथा अन्यलाई आफ्नो घर पुर्याउने अभियानमा शैक्षिकसंस्था संचालक हरुको संगठन हिसान ,प्याब्सन तथा एनप्याब्सनले सवारीसाधन सहयोग गरेको छ । सवारीका क्रममा लाग्ने इन्धन र सवारी चालक, सहचालक लगायतलाई सेवासुविधा उपलब्ध महानगरले गराएको थियो । करिब ७ सय बढीलाई आज विराटनगरबाट आफ्नो आफ्नो ठाउँमा पुर्याएको महानगरपालिकाका सामाजिक विकास प्रमुख पुनम दाहालले जानकारी दिए । ३५ वटा सवारीसाधनमा मानिसहरुलाई गन्तव्यबाट पठाइएको हो । बसलाइ सेनीटाईज गर्ने , यात्रुलाइ मास्क दिने तथा यात्रुको ज्वारो जाचँ गरेर मात्रै पठाइएको विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताए । आगामी दिनमा पनि सम्पर्कमा आएका समस्यामा परेका व्यक्तिलाइ पठाउने पराजुलीले बताए । आवर विराटनगर

सोमबार, बैशाख १५, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]