०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली भारतप्रति संसदमा बोल्ने क्रममा कडा रुपमा प्रस्तुत भएलगत्तै वार्ताका लागि पहल शुरु गरेका छन् । उनले शुरुमा भारतलाई चेतावनी दिएपनि पछिल्लो समय नरम बन्दै द्विपक्षीय वार्ताका लागि कुटनीतिक पहलको निर्देशन दिएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार कुटनीतिक माध्यमले द्विपक्षीय कुराकानीको पहल भइरहेको छ । सिमा विवादका बारेमा दुई देशबीच सम्बन्ध चिसिइरहँदा वार्ताको पहल भइरहेको बुझिएको छ । नेपालले सिमा विवादपछि भारतसँग कुटनीतिक माध्यमले समस्या समाधान गर्न सकिने जनाइसकेको छ । भारतीय विदेश मन्त्रालयले पनि द्विपक्षीय छलफलको वातावरण बनाउन नेपाललाई जोड दिएको छ । यसरी दुवै पक्षबीच वार्तामा जोड दिइएपनि तत्काल वार्ताको सम्भावना देखिएको छैन । कोरोना भाइरसको रोकथामका लागि दुवै देशमा लकडाउन भएकाले वार्ता पछिमात्र हुने सम्भावना रहेको छ । त्यसअघि पनि कुटनीतिक माध्यमले कुराकानीको पहल भने भइरहेको छ । ओलीले आफ्नो सम्बन्धको संयन्त्रमार्फत् भारतसँग छलफल गर्ने तयारी गरिरहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । कोभिड १९ सहज भएपछि वार्तामा बस्ने भारतको अनौपचारिक भनाईहरु आइरहेका छन् । लिपुलेकमा भारतले सडक मार्ग खोलेपछि नेपालले आपत्ती जनाएको थियो । लगत्तै संर्वदलीय र सर्वपक्षीय सहमतिबाट नेपालले नयाँ नक्शा जारी गरेको छ । यसलाई भारतले अमान्य हुने जनाएको छ । रिपोर्टर्स नेपाल

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]