१५ जेठ २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

विराटनगर, १० जेठ । युवा व्यवसायी मनिष गुरुङको अग्रसरतामा विराटनगरका १ सय ५० घरपरिवारलाई राहत वितरण गरिएको छ ।
लकडाउनबाट प्रभावित विपन्न र मजदुर वर्गलाई लक्षित गरी युवा समाजसेवीसमेत रहनुभएका गुरुङको सक्रियतामा राहत वितरण गरिएको हो । आज विराटनगर–११ र जतुवालगायतका स्थानमा बसोबास गर्ने १ सय ५० विपन्न परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको गुरुङले जानकारी दिए । राहतका लागि अगाडि नै लक्षित वर्गको पहिचान गरी कुपन वितरण गरिएको थियो । कुपनका आधारमा १० किलो चामल, दाल, नुन १–१ किलो, १ लिटर तेल, आलु प्याजलगायतका खाद्य सामग्री वितरण गरिएको थियो । हालसम्म ३ सयभन्दा बढी विपन्न परिवारलाई राहत उपलब्ध गराइसकेको उनको भनाइ थियो ।


उहाँले विदेश र विराटनगरका आफू नजिक रहेका साथीहरुबाट रकम संकलन गरेर राहत वितरण गर्दै आएको बताए । आगामी दिनमा पनि राहत वितरणलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे । दुई महिनादेखिको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएको वर्ग सबैभन्दा बढी प्रभावित भएको छ ।

लकडाउनबाट प्रभावित वर्गलाई सरकारले मात्रै होइन निजी क्षेत्रले समेत सहयोग गर्नुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस विराटनगर वडा नम्बर ११ का सभापति रामसुन्दर राजवंशी, नेतृ मञ्जु श्रेष्ठलगायतले समेत राहत वितरण गर्न सघाएका थिए ।

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]