१५ जेठ २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

विराटनगर, १० जेठ । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले विराटनगरस्थित कोशी प्रादेशिक अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने गरी अस्पताललाई दुवै संस्था मिलेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । संघ र संगठन उद्योग वाणिज्य महासंघका संस्थापक सदस्य हुन् । अस्पताल परिसरमै पुगेर संघका अध्यक्ष प्रकाश मुन्दडा, निवर्तमान अध्यक्ष पवनकुमार सारडा, संगठनका अध्यक्ष भीम घिमिरे, वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेललगायतले १ सय थान पीपीई सेट मेसु डा. संगीता मिश्रालाई हस्तातरण गरे ।
मुलुकमा दिनहुँ संक्रमितको संख्यामा वृद्धि भइरहेकोमा तिनको प्रत्यक्ष निगरानी, परीक्षण र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामग्री उपलब्ध गराइएको अध्यक्ष मुन्दडाले बताए । स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तर संघका उपाध्यक्ष विकासकुमार बेगवानी, महासचिव अनिलकुमार साह, कार्यसमिति सदस्य अमित सारडा, राजेश बगडिया, संगठनका तर्फबाट वरिष्ठ उपाध्यक्ष सुयष प्याकुरेल, उपाध्यक्ष राकेश सुरानालगायतको उपस्थिति रहेको थियो । यसअघि संघ र संगठनले प्रदेश र स्थानीय सरकारहरूमार्फत सर्वसाधारणहरूका लागि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुसमेत उपलब्ध गराएको थियो ।

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]