१५ जेठ २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित

विराटनगर, १० जेठ । मोरङमा कार्यक्षेंत्र बनाएर काम गरिरहेका पत्रकारको परिवारसहित २ सय ५ जनाको कोरोना बिमा गरिएको छ ।
नेपाल पत्रकार महासंघ मोरङ शाखा र विराटनगरको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको सहकार्यमा १ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरिएको हो । नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई एकमुष्ट पोलेसी एजेड बीमा कम्पनीका क्षेत्रीय शाखा प्रमुख केदारबहादुर खत्रीले शुक्रबार हस्तान्तरण गरे ।
मोरङमा पनि कोरोना भाइरसको संक्रमण बढिरहेको बेला पत्रकारहरूको कोरोना बिमा गरिएको हो । फ्रन्ट लाइनमा रहेर काम गरिरहेका संचारकर्मीलाई कोरोना संक्रमण भएको प्रमाणित भएलगत्तै दाबी गरे १ लाख रुपैयाँ पाउने पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्यले जानकारी दिए ।
बिमा कम्पनीका अनुसार सामूहिक, पारिवारिक वा संस्थागत बिमा गराउनेलाई प्रतिव्यक्ति ६ सय लाग्ने र व्यक्तिगत गरे प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्नेछ । यो बिमा सेवा सबैलाई लागू हुने कम्पनीका क्षेत्रीय प्रमुख खत्रीले बताए । बिमा रकम भने १ वर्षभित्रमा एक पटकका लागि मात्रै दाबी गर्न सकिने उनको भनाइ छ । बिमा कम्पनीले यो प्रावधान ल्याएसँगै सर्वसाधारणमा कोरोना बीमा गर्नेहरूको आकर्षण बढेको खत्रीले बताए ।

शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]