०४ जेठ २०७८, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, जेठ १७, २०७७ मा प्रकाशित

विराटनगर, १७ जेठ । सरकारी निर्देशनको अवज्ञा गर्दै लकडाउनको समयमा पनि नयाँ विद्यार्थी भर्ना लिएको भन्दै निजी शैक्षिक संस्थासँग आबद्ध विभिन्न संस्थाहरुले विराटनगरस्थित पोखरिया माविलाई कडा कारबाही गर्न माग गरेका छन् ।
प्याब्सन विराटनगरका उपाध्यक्ष मोहन बुढाथोकी, इष्टु मोरङका अध्यक्ष मनोज खनाल, एन–प्याब्सन विराटनगरका संयोजक राजनकुमार छाराहाङ र हिसान मोरङका अध्यक्ष राजेश कार्कीले संयुक्त हस्ताक्षर गरेर विज्ञप्ति जारी गर्दै सरकारी विद्यालय भएर पनि आफूलाई कानुनभन्दा माथि राखेर कोरोनाको जोखिमपूर्ण अवस्थामा समेत असंवेदनशील चरित्र प्रदर्शन गर्ने विद्यालयलाई नियम अनुसार कडा कारबाही गर्न माग गरेका छन् । उनीहरुले कारबाही नगरे कडा आन्दोलनमा उत्रिनेसमेत चेतावनी दिएका छन् ।
प्रवेश परीक्षा सञ्चालन भइरहेको जानकारी प्राप्त भएपछि विद्यालयमा पुगेका प्याब्सनका नगर अध्यक्ष इन्द्रकुमार राईमाथि समेत तुक्ष भाषाको प्रयोग गरेर अशोभनीय र निराधार आरोप लगाई आफनो निकृष्ट कार्यको ढाकछोप गर्ने काम गैरजिम्मेवार र निन्दनीय कार्य भएको विज्ञप्ति मार्फत ठहर गरिएको छ ।

शनिबार, जेठ १७, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]