२७ साउन २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

दुहबी, १८ जेठ । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३ वसन्तपुरमा स्वास्थ्य चौकी निर्माण हुने भएको छ ।
स्वास्थ्य चौकीको नगरपालिकाका मेयर वेदनारायण गच्छदारले शिलान्यास गरे । समाजसेवी रामकुमार चौधरी र विमला चौधरीले करिब ६० लाख रुपैयाँ बराबरको साढे १ कठ्ठा जमिनमा भवन बन्न लागेको हो । समाजसेवीद्वयले सो जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका हुन् । समाजसेवी विमला मखमली महिला कृषि सहकारी संस्था लिमिटेडको संस्थापक अध्यक्षसमेत हुन् । २८ लाख रुपैयाँको लागतमा निर्माण हुने भवन दुई तलाको हुनेछ । एक वर्षभित्र भवन निर्माण गरिसक्ने योजना छ ।

आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]