लामो समयको लकडाउनले समस्यामा परेका कलाकारलाई  जितु नेपाल ‘मुन्द्रे’ले सहयोग गरेका छन् । नेपालले करिब दुई सय नृत्य कलाकारलाई राहत वितरण गरेका हुन् । लामो समय काम रोकिँदा खाद्यान्न अभावमा परेका उनीहरूलाई के एल दुग्गड समूहको सहकार्यमा सहयोग गरिएको हो । नेपाल चलचित्र नृत्य सङ्घको नेतृत्वमा जोरपाटी, पुरानो बानेश्वर, दक्षिण ढोका, नारायण थान, बालाजु, त्रिपुरेश्वर लगायत क्षेत्रमा पुगेर कोरस डान्सरलाई राहत वितरण गरिएको हो । राहत वितरणमा वरिष्ठ नृत्य निर्देशक कमल राई, गोविन्द राईको सहभागिता रहेको थियो । चलचित्र तथा म्युजिक भीडियोमा साइडमा नृत्य गर्ने कलाकारहरूलाई राहत वितरणका लागि नेपाल चलचित्र नृत्य सङ्घ मार्फत सहयोग गर्न पाउँदा खुसी लागेको जितु नेपाल ले बताएका छन् । उनले लकडाउनले बिहान बेलुकाको छाक टार्न समेत गारो परेकाहरूलाई आफूले सकेको मनै देखि सहयोग गरौँ भ नि अनुरोध गरेका छन् ।