२७ साउन २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, जेठ २५, २०७७ मा प्रकाशित

लकडाउन खुकुलो भएसँगै सुनचाँदीको कारोबार आजबाट खुलेको छ । लकडाउनपछि सुनचाँदी बजार आजबाट खुलेको हो । आज छापावाल सुनको मूल्य तोलाको ८७ हजार ४ सय रुपैयाँ तय भएको छ । तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि महंगिएको सुनमा सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो । सुनको मूल्य लकडाउनअघि चैत १० गते प्रतितोला ७७ हजार रुपैयाँ थियो । लकडाउनपछि सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी ब्यवसायी महासंघले आइतबारका चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँ तोकेको छ । लकडाउन अघि र पछि तुलना गर्दा चाँदी प्रतितोला २ सय रुपैयाँ महंगिएको छ ।

आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]