२७ साउन २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित

विराटनगर, ३० जेठ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले महानगरपालिका क्षेत्रभित्र रहेका किराना र फलफूल पसलको अनुगमन गरेको छ ।
विराटनगरस्थित कञ्चनबारी, पुस्पलाल चौक, बुद्ध चौक, पोखरियालगायत क्षेत्रमा रहेका किराना र फलफूल पसलहरूमा वाणिज्यका प्रमुख हिमालय बरालको नेतृत्वमा गएको टोलीले शुक्रबार अनुगमन गरेको हो । अनुगमनको क्रममा केही पसलहरूमा सरसफाई नरहेको र मूल्य बढी लिएको पाएपछि प्रमुख बरालले त्यस्ता पसलका सञ्चालकहरूलाई उचित मूल्य र पसलमा सरसफाई राख्न निर्देशन दिए ।
उनले अब उपरान्त बढी मूल्य लिएको पाइएमा र सरसफाई नगरेका पसलका सञ्चालकहरूलाई वाणिज्य कार्यालयले तत्काल कारबाही गर्ने चेतावनीसमेत दिए । “आगामी दिनमा अनुगमनका क्रममा वाणिज्य कार्यालयको निर्देशनअनुसार काम नभएको पाइए कडा कारबाही हुन्छ,” उनले भने, “उपभोक्ता हितविपरीत काम गर्ने जोसुकै भए पनि कार्यालयले छाड्दैन ।” शुक्रबार एक दर्जनभन्दा बढी पसलहरूको अनुगमन गरिएको थियो ।

शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]