२६ साउन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, आषाढ १०, २०७७ मा प्रकाशित

विराटनगर, १० असार । मोरङ चेम्बर अफ कमर्सले उद्योग तथा ठूला व्यापारीहरूलाई लकडाउन अवधिभरको बैंक ब्याज र करमा छुट दिनुपर्ने माग गरेको छ ।
हालै जारी भएको संघ तथा प्रदेशको बजेटका विषयमा अवधारणा सार्वजनिक गर्दैै मोरङ चेम्बरले लकडाउनका कारण धेरै उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताए । चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशमान श्रेष्ठले साना उद्योगी तथा साना व्यापारीहरूलाई बैंक ब्याज र करमा छुटका साथै ५ लाखसम्मको ऋण मिनाहाको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले कृषकलाई समेत बैंक ब्याज र करमा छुटका साथै साना किसानबाट लिएको ऋण मिनाहाको व्यवस्था गर्नुपर्नेलगायतका माग राखे ।
लकडाउनको समयमा नेपाल राष्ट्रबैंकको निर्देशनमा उद्योगी व्यवसायीहरूलाई बैंक ब्याजमा केही राहतको व्यवस्था गरेको तर कतिपय बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न बहाना बनाई निर्देशित छुट नदिएको बताए । मोरङ चेम्बर अफ कमर्सले संघ र प्रदेश सरकारले बजेटमार्फत अघि सारेका केही कार्यक्रम सकारात्मक तथा समयसापेक्ष भए पनि त्यसको कार्यान्वयन पक्षको जटिलता भने यथावत रहेको जनाएको छ ।
सरकारी निकायहरूलाई समेत दुरुस्त राख्न नसकिरहेको अवस्थामा निजी क्षेत्रमा पनि अनुगमन गर्ने गरी अख्तियारलाई अधिकार दिने गरी विधेयक ल्याउनु देशका सम्पूर्ण उद्योगी व्यवसायी त्रासमा रहेको संघको भनाइ छ । “अख्तियारलाई अझ बदनाम गराउने नियत मात्रै हो,” अध्यक्ष श्रेष्ठले भने, “सम्बन्धित निकायलाई समक्ष बाएर अनुगमन हुनेमा यसरी अख्तियार प्रयोग गरेर व्यवसायीलाई त्रास दिनु जायज होइन ।” कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र गोल्छा, उपाध्यक्ष शिवप्रसाद रिजाल, महासचिव कृष्णप्रसाद दाहाल र कोषाध्यक्ष मनोजकुमार मिश्रलगायत संचारकर्मीहरूको सहभागिता थियो ।

बुधबार, आषाढ १०, २०७७ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]