२७ आषाढ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

शुक्रबार, आषाढ १२, २०७७ मा प्रकाशित

विराटनगर, १२ असार । एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न प्रदेश–१ सभामा माग गरिएको छ ।
शुक्रबारको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रताप प्रकाश हाङ्माङले एकल महिलालाई मात्रै नभई एकल पुरूषलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न माग गरे । समानताको कुरा गर्ने तर, व्यवहारमा महिला र पुरुषलाई विभेद गर्ने काम भइरहेको उनको भनाइ छ ।
हाङ्माङ्ले श्रीमतीको मृत्यु भएपछि गाउँघरतिर श्रीमानले काम पनि नपाउने ऋण पनि नपाउने अवस्था हुँदा धेरै एकल पुरुषको विजोग भइरहेको बताए । बैठकमा सांसद ओमप्रकाश सरावगीले प्रदेशमा विकास निर्माणमा धेरै ढिलासुस्ती भइरहेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए । सरावगीले विराटनगर–धरान सडक र हुलाकी राजमार्ग निर्माणको काम धेरै ढिलाई भइरहेको बताए ।
हुलाकी राजमार्गको पुल ९ वर्षसम्म पुरा नहुँदा पनि प्रदेश सरकारले कुनै चासो नदेखाएको सरावगीको गुनासो छ । शुक्रबारको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले संसदको शून्य समयमा उठेका प्रश्नहरूको जवाफ दिए । विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल जारी छ । बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक योजना तथा निर्माण मन्त्रालयका विषयमा छलफल भएको छ ।

शुक्रबार, आषाढ १२, २०७७ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]